विप्लव समूहले रुकुममा वडाध्यक्षलाई दले कालोमोसो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

विप्लव समूहले रुकुममा वडाध्यक्षलाई दले कालोमोसो



रुकुम- सरकारबाट प्रतिबन्दित दल विप्लव नेकपाले ले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्।

चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले कालोमोसो दलेका हुन्।

शनिबार बिहान उनलाई कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ। जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको विप्लवनिकट युवा संगठनले विज्ञप्ति मार्फत जिम्मा लिएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाको विवरण सार्वजनिक गरेको छैन्। चौरजहारीबाट जिल्लामा ल्याउँदै गरेका कारण पक्राउ परेकाको सम्पूर्ण विवरण अझै आउन बाँकी रहेको डिएसपी खड्काले बताए।