रुकुममा विप्लव र प्रहरी भिडन्त - प्रहरी घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रुकुममा विप्लव र प्रहरी भिडन्त – प्रहरी घाइते



रुकुम पश्चिम– रुकुम पश्चिममा विप्लव समूह र प्रहरीबीच भिडन्त बहेको खबर प्राप्त भएको छ ।विप्लव समुहका कार्यकर्ता देखेपछी प्रहरीले गोलि चलाएको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्।

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। फाइल तस्बिर