रास्वपाको संयुक्त बैठक बस्दै- सरकारमा सहभागिताबारे आज 'फाइनल' - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

रास्वपाको संयुक्त बैठक बस्दै- सरकारमा सहभागिताबारे आज ‘फाइनल’



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा मूलतः सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे गम्भीर छलफल भएर आवश्यक निर्णय हुनेछ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आज पार्टीमा यो विषयमा छलफल गरेर निकास निकालिने बताए । रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ ।

एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतामा जानुपर्ने बताइरहेको छ ।

यस्तो पृष्ठभूमिमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित दलका नेताहरुसँग निरन्तर संवाद गर्दै आएका छन्।