‘आरआरआर’को किर्तिमान: एकै दिनमा कमायो २ सय २३ करोड - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

‘आरआरआर’को किर्तिमान: एकै दिनमा कमायो २ सय २३ करोड



मुम्बई – भारतमा अझ पनि सय करोडको आँकडा छुनु दुर्लभ उपलब्धि मानिन्छ । सय करोड कमाउन नै महिना दुई महिना लाग्छ । तर शुक्रबार रिलिज भएको ‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

पिरियड कथामा बनेको फिल्मले विश्वभर नै सानदार सुरुवात गरेको छ । पहिलो दिन नै फिल्म बक्स अफिसका धेरै रेकर्ड ब्रेक गरेको समाचार आइरहेका छन् । शनिबार यो फिल्मको कूल कमाइमा ४० प्रतिशतले उछाल आउने प्रक्षेपण गरिएको छ । शुक्रबार भने अमेरिकामा मात्र फिल्मले ४२ करोडको व्यापार गरेको आँकडा छन् ।

एसएस राजामौली निर्देशित यो फिल्मले हिन्दी भाषामा मात्र १८ करोडको ओपनिङ गरेको छ । बिहीबारसम्म यो फिल्मले हिन्दी भाषामा ११÷१२ करोडको व्यापार गर्ने अनुमान थियो । शुक्रबारको पहिलो सोदेखि नै मारामार दर्शक पाएको फिल्मले बक्स अफिसमा ऐतिहासिक आँकडा तयार गर्ने कन्फर्म जस्तै मानिएको छ । फिल्ममा रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको छ । फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा छन् ।