राजस्थानद्वारा बैंगलोर ३० रनले पराजित - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

राजस्थानद्वारा बैंगलोर ३० रनले पराजित



जयपुर– विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर(आरसिबी) इन्डियन प्रिमियर लिग(आइपिएल)बाट बाहिरिएको छ। शनिबारको खेलमा राजस्थान रोयल्स(आरआर)सँग पराजित भएपछि उ प्रतिस्पर्धाबाट बाहिरएको हो।

राजस्थानले बैंगलोरलाई ३० रनले पराजित गर्‍यो।

एक सय ६५ रनको मध्यम लक्ष्य दिएकोमा बैंगलोर १९.२ ओभरमा एक सय ३४ रनमा अलआउट हुन पुग्यो। बैंगलोरका लागि एबी डिभिल्लर्सले ५३ र पार्थिव पटेलले ३३ रन बनाउनु बाहेक अरुले महत्वपूर्ण योगदान दिन सकेनन्। जित्नैपर्ने खेलमा विराट कोहली ९ बल खेलेर ४ रनमा आउट भए। उत्कृष्ट बलिङको मद्दतले बैंगलोरमाति जित हात पारी राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको छ।

राजस्थानको भने प्लेअफमा पर्ने सम्भावना कायमै छ। अब उ अन्य टिमको खेलमा भर पर्नेछ।

शनिबार नै हैदरावाद र कलकात्ताबीच दोस्रो खेल हुँदैछ। शनिबार हुने सो खेलम हैदरावाद विजयी भएमा र आइतबार मुम्बइ र दिल्लीबीच हुने खेलमा दिल्ली विजयी भएमा राजस्थानको प्लेअफ सम्भावना रहनेछ।नेपाल लाईभबाट