आजै राति मतगणना हुने, यस्तो छ तयारी - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

आजै राति मतगणना हुने, यस्तो छ तयारी



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। शनिबार राति राति सवा ११ बजे सकिएको हो। मतदान शनिबार मध्याह्न १२ बजेदेखि शुरु भएको थियो।

कुल चार हजार ४६९ प्रतिनिधिमा तीन हजार ९१७ मत खसेको पार्टीको निर्वाचन समितिका सदस्यसचिव झनक प्याकुरेलले जानकारी दिए। अब बैठक बसेर आचारसंहिता बनाउने र मतगणना शूरु गर्ने बताइएको छ।

राप्रपाको महाधिवेशन शुरु भएको तेस्रो दिन प्रतिनिधिको विवाद टुङ्गिएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो। जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन समिति बनाएको थियो ।

पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ। जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ।