राप्रपाका अध्यक्ष र महामन्त्रीसँग रवीन्द्र मिश्रको संवाद: के पार्टी एकता गर्दैछन् ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राप्रपाका अध्यक्ष र महामन्त्रीसँग रवीन्द्र मिश्रको संवाद: के पार्टी एकता गर्दैछन् ?



काठमाडौं- विवेकशील साझा पार्टी र राप्रपा नेपालबीच एकता हुने चर्चा चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँग भेट गरेका छन्।

भर्खरै सम्पन्न एकता सम्मेलनबाट राप्रपाको अध्यक्षमा निर्वाचित लिङ्देन र महामन्त्रीमा निर्वाचित राणाले शुक्रबार बिहान मिश्रलाई भेटेका हुन्। मिश्रले सामाजिक सञ्जालमार्फत भेटको बारेमा जानकारी दिएका छन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेअनुसार उक्त भेटमा दुई पार्टीका अध्यक्षबीच आशाजनक संवाद भएको छ। मिश्रले उनीहरुबीच ‘राजनीतिसँगै राजकाज’ संवाद भएको उल्लेख गरेका छन्।

मिश्रले लेखेका छन्, “आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुवैप्रति आभारी छु।”

राजनीतिक वृत्तमा रविन्द्र मिश्रले पनि राजावादी लाईन समातेको र भविष्यमा राप्रपासँग एकता गर्ने योजना बनाएको चर्चा चलिरहेका बेला उनीहरूबीचको भेटलाई अर्थपूर्ण मान्न सकिन्छ ।