यी हुन् राप्रपाका विजयी पदाधिकारी तथा सदस्यहरु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यी हुन् राप्रपाका विजयी पदाधिकारी तथा सदस्यहरु



काठमाडौं- राजेन्द्र लिङदेनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सकिएको छ। महाधिवेशनमा लिङदेनले निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गरेका हुन्।

लिङदेनले १८४४ मत पाएका थिए भने थापाको पक्षमा १६१७ मत आएको थियो। पदाधिकारीमा थापापक्षको वर्चस्व छ।

यस्तै, उपाध्यक्षमा विक्रम पाण्डे २५१२, बुद्धिमान तामाङ १९४४ र ध्रुबबहादुर प्रधान १८१४ मतका साथ विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की १६८९ मतका साथ विजयी भएकी छन्।

महामन्त्रीमा धवलशमसेर राणा २२२१ र भुवन पाठक १८०५ मतका साथ विजयी भए। महिला सहमहामन्त्रीमा कुन्ती शाही २००८ मतका साथ विजयी भइन्।

आदिवासी जनजाती (खुला) मा आङनीमा शेर्पा, दीपककुमार राई, राजेन्द्रप्रसाद श्रेष्ठ, मनमाया गुरुङ, कुलबहादुर गुरुङ, लालध्वज लामा, डा भीमसेन गुरुङ, डम्बर तामाङ, पदमबहादुर तामाङ, प्रवीणकुमार थोकर, देवेन्द्र प्रधान, गंगामाया तामाङ, लालकुमार लामा र शालिग्राम माझी विजयी भए।

मुस्लिम खुलामा मदिना खातुन, ताहिर अलि र अन्जरा आलम विजयी भए। मधेशी खुल्लामा मोहन प्रसाद यादव, रामनारायण साह, राधेश्याम साह, विरेन्द्रलाल कर्ण, दिनेशकुमार साह, शत्रुधन महासेठ, प्रमोद मिश्र, राजनारायण प्रसाद साह, महामायाप्रसाद सिंह राजपुत, ओमप्रकाश आजाद विजयी भए।

प्रवास खुल्लामा शशीकुमार सिल्वाल र लोकनाथ तिवारी, उत्पीडित खुल्लामा मीना स्वर्णकार, गंगा विश्वकर्मा र ऋषिबाबु परियार, कर्णाली तथा पिछडिएको क्षेत्रबाट कालीबहादुर शाही र धनबहादुर बुढाले जितेका छन्।