राष्ट्रपति निर्वाचन बहिस्कार गर्ने राप्रपाको निर्णय - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

राष्ट्रपति निर्वाचन बहिस्कार गर्ने राप्रपाको निर्णय



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोलि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले हिन्दुराज्यसहित राजसंस्था फर्काउने एजेण्डा बोकेको छ।