राप्रपाको घोषणा : प्रदेश संरचना खारेज गर्ने, केन्द्र र स्थानीय सरकार मात्रै राख्ने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राप्रपाको घोषणा : प्रदेश संरचना खारेज गर्ने, केन्द्र र स्थानीय सरकार मात्रै राख्ने



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकको वर्तमान शासकीय स्वरुप परिवर्तन गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक चुनावी घोषणा पत्रमा राप्रपाले शासकीय स्वरुप परिवर्तन गर्ने घोषणा गरेको हो।

घोषणा पत्रमा राप्रपाले प्रदेश खारेज गरेर दुई तहको सरकारमात्र राखिने उल्लेख गरेको छ। ‘शासकीय स्वरुपः प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह’ शीर्षकमा राप्रपाले भनेको छ, ‘प्रदेशको खारेजी, केन्द्र र बलिषे स्थानीय तह भएको दुई तहको शासकीय संरचना।’

राप्रपाको घोषणा पत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था रहने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदको पनि वकालत गरेको छ।