रोट्रयाक्ट क्लब अफ सैनामैनाले गर्याे रक्तदान - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

रोट्रयाक्ट क्लब अफ सैनामैनाले गर्याे रक्तदान



सैनामैना । रोट्रयाक्ट क्लब अफ सैनामैनाले सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै आईतबार नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो ।

स्वस्थ्य क्षेत्रमा आफ्नो नियमीत कार्यक्रम अनुरुप पर्रोहा हेल्थ पोष्टको प्रागणमा रक्तदान कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक बन्दना न्यौपानेले जानकारी दिइन् ।

कार्यक्रम क्लबका अध्यक्ष रेशम खनालको अध्यक्षता तथा सचिव सुरज थापा मगरको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागि क्लबका सदस्य तथा युवाहरु मध्ये ३५ जनाले रक्तदान गरेका हुन् ।

“रक्तदान गरौ, आजै गरौं, निरन्तर गरौं” भन्ने नारालाई आत्मसाथ गरी उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने क्लबले विश्वास लिएको छ ।

क्लबले युवाहरुमा ब्यक्तीत्व बिकासका कार्यक्रम तथा अन्य सामाजिक कार्य जस्तै सरसफाई कार्यक्रम, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण तथा अनाथालयलाई आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।