रोटर्याक्ट क्लब अफ बुटवलको कफि फर केयर कार्यक्रम हुंदै - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

 रोटर्याक्ट क्लब अफ बुटवलको कफि फर केयर कार्यक्रम हुंदै



बुटवल ।।    रोटर्याक्ट क्लब अफ  बुटवलले असहाय,अपाङ्गता, असक्त तथा गरिव बालबालिकाका निम्ती न्यानो कपडा वितरण गर्ने  हेतुले शनिबार बुटवलमा कफि फर केयर कार्यक्रम गर्ने भएको छ ।

पौष २९ गते शनिबार बेलुका ०४ः३० बजे देखी ०९ः०० बजे सम्म बुटवल–६, ट्राफिकचोकमा अवस्थित कफी शपमा कफि फर केयर (तपाईले पिएको कफिले हामिलाई पनि न्यानोपन दिन्छ)कार्यक्रम तथा लाइभ म्युजिक कार्यक्रम पनि हुने भएको छ ।

कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक प्रियान्स भण्डारीले  बताए ।

उक्त कार्यक्रम बाट उठेको रकम असाहाय, अपाङ्ग, असक्त तथा गरिव बालबालिकाका निम्ती न्यानो कपडा वितरण तथा अन्य सामाजिक काम को लागि गरिने क्लब का अध्यक्ष रो. मित्रलाल न्यौपानेले बताए ।

कफीको चुस्की संगै बुटवलका चर्चित कलाकार बसन्त श्रेष्ठ,प्रदशनी आइडल -२०७४ सुशील आचार्य , अफ़सर अलि लगायतका कलाकारले सांगीतिक मनोरञ्जन  दिलाउने कार्यक्रम रहेेेेको छ।

कार्यक्रमको संचालन राजिव खनालले गर्ने  दिपेश अग्रहरीले बताए ।