रोशन पुरीले अस्विकार गरे माओवादीले दिएको पद - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

रोशन पुरीले अस्विकार गरे माओवादीले दिएको पद



काठमाडौं- नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेकपा माओवादी केन्द्रले दिएको पद अस्विकार गरेका छन् । माओवादी केन्द्रले गठन गरेको प्रचार विभागमा पुरीलाई समावेस गरिएको थियो ।

पुरीसहित धेरैजना पत्रकारहरूलाई प्रचार विभागमा राखिएको थियो । पुरीले भने पत्रकार महासंघको महासचिवरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने समेत बताएका छन् ।

‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय प्रचार विभाग सदस्यका रूपमा मलाई नसोधिकन नाम समावेश गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ,’ पुरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल पत्रकार महासंघको महासचिवरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने कुरा जानकारी गराउँदछु।’

नेपाल पत्रकार महासंघको विधानमा महासंघमा आबद्ध कुनै पनि सदस्य कुनै पनि पार्टीको कार्यकारी समितिमा रहन नपाउने उल्लेख छ ।