महरासँग रोशनीको सामीप्यता कहिलेदेखि कसरी? - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

महरासँग रोशनीको सामीप्यता कहिलेदेखि कसरी?



काठमाडौं- ती महिलाका जाजरकोट स्थायी घर भएका श्रीमान् जागिरको सिलसिलामा २०४६ तिर रोल्पा गएका थिए।

त्यही बेला उनको महरासँग सामीप्यता बढ्यो।

धनुषाकी ती महिला आफ्ना बुवाआमासित दाङ गइन्। दाङतिरै उनीहरूबीच चिनजान भयो, प्रेम बस्यो र बिहे गरे। उनका श्रीमान्का अनुसार ०४७ सालमा महराले नै गराइदिएका थिए।

‘राजनीतिक हिसाबले उहाँ मेरो गुरु हो, हामी ०४७ सालदेखि २ वर्ष उहाँकै घरमा बसेका थियौं, अहिले घटना सुनेर पत्याउनै सकिरहेको छैन,’ उनका श्रीमान्ले कान्तिपुरसँग भने।

तनहुँबाट मंगलबार साँझ मात्रै काठमाडौं आइपुगेका उनका श्रीमान्ले घटनाबारे कसरी अघि बढ्ने भन्ने कुरा श्रीमतीसँग छलफल गरेपछि मात्रै निर्णय गर्न सकिने बताए। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘उहाँ त हाम्रो अभिभावक जस्तो मान्छे हो, बेलाबेला डेरामा आउजाउ पनि गर्नुहुन्थ्यो,’ उनले भने, ‘किन त्यसो गर्नुभयो भनेर मैले महरा सरलाई पनि सोधें, उहाँले त्यस्तो होइन आउनुस् बसेर कुरा गरौं भन्नुभएको छ, हेरौं के हुन्छ?’