महरा काण्डकी रोशनी शाही पक्राउ परिन् - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

महरा काण्डकी रोशनी शाही पक्राउ परिन्



काठमाडौं– महरा काण्डकी रोशनी शाही पक्राउ परेकी छन् । सिद्धबाबालाई बलात्कारी भनेपछि प्रहरीले रोशनी शाहीलाई पक्राउ गरेको हो। सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो।

पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा पुगेकी शाहीले सोमबार सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन्। सिद्धबाबाविरुद्ध बलात्कार आरोपमा चलेको मुद्दा अहिले पनि सुनसरी जिल्ला अदालतमा विचाराधीन छ।

शाही पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन्। उक्त मुद्दामा महराले सफाई पाइसकेका छन्।