एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउँदैन- क्रिस्टियानो रोनाल्डो - Himal Post Himal Post
  • २ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 18 2024
Logo

एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउँदैन- क्रिस्टियानो रोनाल्डो



काठमाडौं। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका छन् ।

स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७ वर्षीय फरवार्डले बिहीवार सामाजिक सञ्जालमार्फत एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका हुन् ।

उनले बाहिरी शक्तिले आफ्नो टिमको विश्व कप आशालाई तोड्ने प्रयास गरिरहेका आरोप लगाएका छन् । पोर्चुगलको अखबार रेकर्डले रोनाल्डोले विश्व कपको अन्तिम १६ मा स्विट्जरल्यान्डसँगका खेलमा आफूलाई सुरुदेखि नखेलाए टिम छाड्ने धम्की दिएका दाबी गरेको थियो ।

तर रोनाल्डोले पोर्चुगल सपनाका लागि अन्त्यसम्म लड्ने बताउँदै आफूहरूलाई विश्वास गर्न पनि आग्रह गरेका छन् ।

यसैबीच पोर्चुगिज फुटबल सङ्घ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोले विश्व कप छोड्ने धम्की दिएका भन्ने कुराको अस्वीकार गरेको छ । रोनाल्डोले कतारमा रहँदा राष्ट्रिय टोली छोड्ने धम्की नदिएका एफपीएफले भनेको छ । पोर्चुगलले विश्व कपको क्वाटर फाइनलमा शनिवार राति मोरक्कोसँग खेल्दैछ ।