रोनाल्डोले गरे सलाहको यस्तो प्रसंशा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रोनाल्डोले गरे सलाहको यस्तो प्रसंशा



ब्राजिलका लेजेण्ड रोनाल्डोले लिभरपुलका स्ट्राइकर मोहम्मद सालहको प्रशंसा गरेका छन् । सालहले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको सम्झना गराउने गरेको ब्राजिलियन पूर्व खेलाडी रोनाल्डोको भनाई छ ।

रियल मड्रिडका पूर्व खेलाडीले रोनाल्डोले सालह उत्कृष्ट वा त्यो भन्दा पनि अविश्वसनीय खेलाडी रहेको बताए । सालहले अहिलेसम्म सबै प्रतियोगितामा गरेर ४४ गोल गरेका छन् ।

लिभरपुलका सालह शनिबार राति युक्रेनको किएभमा हुने च्याम्पियन्स लिग फुटबलको फाइनलको तयारीमा छन् ।

रोनाल्डोले भने, ‘सालह, मलाई उनको माया लाग्छ । मैले हालसालै मात्र पढेर थाहा पाएँ कि म उनको उत्प्रेरणाको माध्यम थिएँ, खुशी लाग्यो । उनी मेस्सी जस्तै देखिन्छन् । उनी अतुलनीय क्षमता भएका अविश्वसनीय खेलाडी हुन् ।’