विश्वकप: रोनाल्डोलाई राष्ट्रपतिको यस्तो शुभकामना ! - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

विश्वकप: रोनाल्डोलाई राष्ट्रपतिको यस्तो शुभकामना !



काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ७ दिनमात्र बाँकी रहेका बेलामा खेलाडीहरुको तयारीलाई लिएर चासो बढिरहेको छ । राष्ट्रहरु बीच पनि उत्तिकै चर्चा परिचर्चा छ ।

पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो र पोर्चुगल पनि चर्चामा छ । युरो कप विजेता पोर्चुगललाई विश्वकपको उपाधि दावेदारका रुपमा पनि हेरिएको छ ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो नै विश्वलाई चिनाउन पर्याप्त छन् । पोर्चुगल पनि आशावादी छ टिमले राम्रो खेल्नेमा ।

टिम तयार देखिएको छ । टिमको राष्ट्रबाटै बिदाई भएको छ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले कप्तान रोनाल्डोलाई हात मिलाएर विदाई गरेका छन् ।

त्यसैगरी लिस्बनमा भएको उक्त विदाई कार्यक्रममा प्रशिक्षकसंगै अन्य खेलाडीहरुलाई पनि विदाई गरिएको छ । विदाई भाषण गर्दै राष्ट्रपतिले जितका लागि टिमलाई शुभकामना दिएका छन् । रोनाल्डोले पनि टिमका तर्फबाट बोलेका थिए । जित दिलाउने आश्वासन रोनाल्डोले दिए ।

विश्वकपमा पोर्चुगल समुह बी मा रहेको छ । पोर्चुगलसंगै समुहमा स्पेन, मोरक्को र इरान रहेका छन् ।

पोर्चुगल सन्तुलित टिम बनेको छ । गत शनिबार बेल्जियमसंगको मैत्रिपूर्ण खेलमा बराबरी खेलेको पोर्चुगलले बिहिबार राति अल्जेरियासंग खेल्दैछ ।