खेल छोडेर रियल मड्रिडमा प्रशिक्षण गर्न थाले रोनाल्डो - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

खेल छोडेर रियल मड्रिडमा प्रशिक्षण गर्न थाले रोनाल्डो



खेल छोडेर रियल मड्रिडमा प्रशिक्षण गर्न थाले रोनाल्डो । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो पूर्व क्लब रियल मड्रिडमा पुगेर प्रशिक्षण गर्न थालेका छन्।

कतार विश्वकपको क्वार्टरफाइनलबाट पोर्चुगलपछि फर्किएका रोनाल्डो रियल मड्रिड स्पोर्टिङ सेन्टर भाल्डेविवस पुगेर पशिक्षण गर्न सुरु गरेका हुन्।

रियल पुगेर प्रशिक्षण गर्न थालेसँगै रोनाल्डो पूर्व क्लबमा फर्किने चर्चा पनि सुरु भएको छ।

विश्वकप अघि म्यानचेष्टर युनाइटेडमा रहेका रोनाल्डोले एक टेलिभिजनमा अन्तवार्ता दिएपछि विवादमा तानिएका थिए। युनाइटेडसँगको सम्बन्धमा फाटो आएपछि आपसी समझदारीमा दुवैले सम्झौता तोडेका थिए।

खेल जीवनको उत्तरार्धमा रहेका रोनाल्डो विश्वकपका दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। क्लबमा पनि उनले पहिलो रोजाइमा मैदान उत्रिन संघर्ष गर्नुपरेको थियो।