रोनाल्डोको पास र पोर्चुगलको सुखद अन्त्य - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

रोनाल्डोको पास र पोर्चुगलको सुखद अन्त्य



काठमाडौं । रुस विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी रहँदा सहभागी हुने टिमले अन्तिम चरणका वार्मअप खेलहरु खेलिरहेका छन् ।

यस क्रममा पोर्चुगलले पनि सुखद अन्त्य गरेको छ । पोर्चुगलले अल्जेरियालाई ३–० ले हराएको छ ।

पोर्चुगललाई जिताउन गोन्कालो गुइडेजले २ गोल गरे भने बु्रनो फर्नान्डेजले १ गोल गरे ।

अन्तिम वार्मअपमा गोल नगरे पनि विश्वको ध्यान तानिएका कप्तान क्रिष्टियानो रोनाल्डोले दोस्रो गोलका लागि उत्कृष्ट पास दिएका थिए ।

पोर्चुगल विश्वकपको समुह बी मा रहेको छ । यो समुहमा पोर्चुगलसंगै स्पेन, मोरक्को र इरान रहेका छन् ।