रोनाल्डोले भने: नेयमार रियलमा जाने सम्भावना छैन ! - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

रोनाल्डोले भने: नेयमार रियलमा जाने सम्भावना छैन !



रियो दि जेनेरियो (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले ब्राजिलियन सुपर स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको अर्को सिजननै रियलमा जान हतार गर्न नहुने बताएका छन् । यहि सिजनको सुरुवातमा नेयमार कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए ।

यद्दपी केहि महिना यता नेयमार रियल जाने चर्चा व्यापक रुपमा चलेको छ । पिएसजी पुगेको केहि महिनादेखि नै नेयमार क्लबसँग असन्तुष्ट रहेको र उनले क्लब छाड्न चाहेको चर्चा सुरु भएको थियो । तर, ब्राजिलियन पूर्व सुपर स्टार तत्काल नेयमार रियल जाने सम्भावना नरहेको बताउछन् ।

‘पिएसजीले ठूलो खर्च गरेर नेयमारलाई लगेको छ । मलाई लाग्दै पिएसजीलाई पैसाको आवश्यकता छ ,’ रोनाल्डोले भने, ‘रियलले ठूलो प्रस्ताव गरेपनि त्यसले मनस्थिति परिवर्तन नहुन सक्छ । अझै केहि वर्ष मलाई लाग्छ नेयमार रियलमा खेल्न सम्भव छैन । उनी युवा छन् । मलाई लाग्छ उनी पेरिस मन पराउँछन् । उनी बार्सिलोना छाड्न चाहन्थे, त्यो पुरा भइसकेको छ । ‘

यो सिजन राम्रो प्रदर्शन गर्न नसकेकपछि रियलले गेराथ बेल र करिम बेन्जिमालाई विक्री गर्न चाहेको बताइएको छ । लिभरपुलका मोहम्मद सालाह, टोटेनह्यामका ह्यारी केन, बायर्न म्युनिखका रोबेर्ट लेवान्डोवेस्की रियलले भित्राउन चाहेका खेलाडीको सुचिमा राखेको बताइएको छ ।