विश्वकप: रोनाल्डोले गोल गर्ने लिनुपर्छ ! - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

विश्वकप: रोनाल्डोले गोल गर्ने लिनुपर्छ !



मस्को (एजेन्सी) – रसियामा आयोजना हुन लागेको विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब ७ दिन बाँकी छ । सन् २०१६ मा युरोपेली च्याम्पियन्सिप जितेको पोर्चुगललाई पनि यसपटक विश्वकपमा बलियो टोलीको रुपमा हेरिएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रने पोर्चुगलको समूह सहज भने छैन ।

पोर्चुगलले समूह ‘बी’ का खेलमा स्पेन, मोरोक्को र इरानको सामना गर्नेछ । इरान एसियाली छनोटमा सर्वोत्कृष्ट हुँदै विश्वकपसम्म आइपुगेको हो भने मोरोक्कोमा पनि राम्रो खेलाडीको जमात छ । विश्वकपको पूर्वविजेता स्पेन प्रतियोगिताको उपाधिका लागि मुख्य दावेदार मध्ये पर्छ । पोर्चुगलले यस समूहबाट अगाडी बढ्न उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । विशेषत कप्तान रोनाल्डोले गोल गर्ने जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ ।

रसियामा हुने विश्वकपमा ३२ राष्ट्र छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । यसपटक विश्वकपमा दुई टोली, आइसल्याण्ड र पानामाले पहिलोपटक सहभागिता जनाउँदै छन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपबाट प्रेरित टेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।