अन्तिममा रोनाल्डोको महत्वपूर्ण गोल, मार्सेइली फाइनलमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अन्तिममा रोनाल्डोको महत्वपूर्ण गोल, मार्सेइली फाइनलमा



अतिरिक्त समयको गोलको सहयोगमा जित निकाल्दै मार्सेइली युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा मार्सेइली रेड बुल साल्जबर्गसँग २–१ ले पराजित भयो ।

तर समग्रमा ३–२ को जितसहित उसले फाइनलमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा मार्सेइली २–० ले विजयी भएको थियो । बिहीबार राति आफ्नो मैदानमा भएको खेलमा निर्धारित समयमा रेड बुल साल्जबर्गले २–० को अग्रता लियो ।

यसले गर्दा खेलमा २–२ को बराबरी भयो र अतिरिक्त समयमा धेकेलियो । ११६ औँ मिनेटमा रोनाल्डोले मार्सेइलीका लागि महत्वपूर्ण गोल गरे । त्यसपछि साल्जबर्गका लागि ५३ औँ मिनेटमा एमाण्डोउ हैदरले गोल गरेका थिए ।

यस्तै ६५ औँ मिनेटमा मार्सेइलीका बोउना सारले आत्मघाती गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । तर रोनाल्डोको गोलले मार्सेइली फाइनलमा पुग्यो ।

उसले अब उपाधिका लागि स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । एथ्लेटिको बिहीबार राति नै भएको खेलमा आर्सनललाई हराउँदै फाइनलमा पुगेको छ ।