रोनाल्डीनो जेल चलान - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

रोनाल्डीनो जेल चलान



काठमाडौं- ब्राजिलका पूर्वफरवार्ड रोनाल्डिन्होलाई पाराग्वेकै जेलमा राख्‍न अदालतले आदेश दिएको छ।

इएसपिएनका अनुसार रोनान्डिन्होलाई उडानमा हुने जोखिमका कारण पाराग्वेमै राख्न आदेश गरेको हो।

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा बार्सिलोनाका पूर्वफरवार्ड रोनाल्डिन्हो, उनका भाई र व्यपारी रोबर्टो एसिससहित तीन जनालाई २३ फागुनमा पाराग्वे प्रहरीले पक्राउ गरेको थियो।

रोनाल्डिन्हो र उनका भाईले रिहाइका लागि माग गरेका थिए।

तर, उनीहरूको माग सुनुवाई भएन। एसिसले आफुलाई मुटुको समस्या भएको बताएका थिए तर पर्याप्त प्रमाण नभएका कारण उनको पनि माग सुनुवाई भएन।

न्यायाधीश क्लारा रुइज डियाजले ‘पाराग्वे राज्यविपरितको गम्भिर अपराध’ भएको बताइन्।

उनले विमानस्थलबाट पून पक्राउ हुन सक्ने बताएकी छिन्।

पाराग्वेको कानूनअनुसार अनुसन्धानका लागि ६ महीना लाग्न सक्ने बताइएको छ।

तर, रोनाल्डिन्होका वकिलले अदालतको निर्णय अविश्सनीय भन्दै केही दिनमै त्यसविरुद्ध अपिल गर्ने बताएका छन्।

जुलाई २०१९ मा रोनाल्डिन्होको ब्राजिल र स्पेनको पासपोर्ट ट्याक्स नतिरेका कारण जफत गरिएको जनाइएको छ।