मुख्यमन्त्री पोख्रेलको कार्यक्रममा बम बिस्फोट ,सुरक्षा संयत्र कडा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मुख्यमन्त्री पोख्रेलको कार्यक्रममा बम बिस्फोट ,सुरक्षा संयत्र कडा



रोल्पा- रोल्पा सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट छेउको जङ्गलमा बम विस्फोट भएकाे छ । अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम पड्किएपछि सुरक्षा संयत्र कडा पारिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल एक कार्यक्रमका लागि रोल्पा आएपछि त्यसको विरोध स्वरूप बम विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

लिबाङमा आइतबारदेखि शुरु भएको रोल्पा गुराँस साहित्य मेला कार्यक्रमका लागि मन्त्री पोखरेल सहितका नेता तथा कार्यकर्ता त्यहाँ आएका हुन् ।

बम पड्किएपछि कार्यक्रममा भाग लिन राजधानी लगायतका स्थानबाट आएका सहभागीहरू आत्तिएका छन् । बम विस्फोट गराउने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।फाईल तस्वीर