विराट र रोहितको सम्बन्धमा तनाब: अनुस्कालाई किन गरे अनफलो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

विराट र रोहितको सम्बन्धमा तनाब: अनुस्कालाई किन गरे अनफलो



एजेन्सी- आईसिसी विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएपछि भारतीय क्रिकेट कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच फाटो आएको खबर आइरहेको छ।

दुबैले यसबारेमा कुने प्रतिक्रिया भने जनाएका छैनन्। भारतीय क्रिकेट प्रबन्धनले यसबारेमा खेलाडी स्वयंले कुरा नगरेसम्म केहि विचार नगर्ने जनाइसकेका छ।

यस्तोमा नयाँ खबर आएको छ- रोहित शर्माले विराट र उनकी पत्नी अनुष्का शर्मालाई इन्स्टाग्राममा अनफलो गरेका छन्। रोहितले विराटलाई पनि इन्स्टामा फ्लो गर्दैनन्।

रोहितले अनुष्कालाई अनफलो गरेपछि यी खेलाडीबीच फाटो आएको खबरलाई बल मिलेको छ। रोहितले अनफलो गरेको भएपनि विराटले भने रोहितलाई फलो नै गरिरहेका छन्। अनुष्काले पनि रोहितलाई फलो गर्दिनन्।

त्यस्तै मुम्बई मिररमा प्रकाशित एक रिपोर्टका अनुसार विराट र रोहितबीच पाटो आइसकेको केहि समय भइसकेको छ। फाटोका कारण रोहित र शिखर धवन दुबैले विराटसँग जोडिएको व्यवस्थापन कम्पनीबाट आफूहरूलाई अलग गरिसकेका छन्।

यस्तो भएको बताइएपनि भारतीय टोलीका बलिङ कोड भरत अरूनले आएका हल्लाहरूमा कुनै सत्यता नरेको र टोलीमा सबै ठीक भएको बताएका छन्।

अब आएका हल्ला र सत्यताका बिच के फरक छ, त्यो भने विराट र रोहितको आधिकारिक भनाइ आएपछि स्पष्ट हुने आँकलन गरिएको छ।