रोहित शर्मा बने कप्तान - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

रोहित शर्मा बने कप्तान



काठमाडौं । बंगलादेशसँग तीन खेलको टी–२० क्रिकेट सिरिजमा भारतको कप्तानको भूमिका रोहित शर्माले गर्ने भएका छन्।

भारतका नियमित कप्तान विराट कोहलीलाई विश्रम दिइएको छ भने यो पटक पनि पूर्वकप्तान महेन्द्रसिंह धोनी टिममा अटाएका छैनन् । बंगलोदशविरुद्ध टी–२० सिरिज खेलेपछि भारतले दुई खेलको टेष्ट क्रिकेट खेल्नेछ । टेष्ट क्रिकेटमा भने भारतको कप्तानीमा विराट कोहली नै हुनेछन् ।

टी–२० क्रिकेट सिरिज नोभम्बर ३ देखि नोभेरम्बर १० तारिखसम्म हुनेछ । भने टेष्ट क्रिकेट १४ तारिखदेखि २६ तारिखसम्म हुनेछ ।

भारतको टी–२० टिम

रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, सन्जु सामसन, श्रेयस ऐयर, मनिष पाण्डे, रिषभ पन्त, वाशिङटन सुन्दर, क्रुनाल पाण्ड्या, युजभिन्द्र चाहार, दिपक चाहार, खालिल अहमद, शिभम दुब, शार्दुल ठाकुर