रोहित शेट्टीले भने: सबै अवार्ड 'फेक' हुन् - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

रोहित शेट्टीले भने: सबै अवार्ड ‘फेक’ हुन्



एजेन्सी- बलिउड निर्देशक रोहित शेट्टी आफ्ना व्यावसायिक र मसालेदार फिल्महरूको लागि चर्चित छन् ।

बक्स अफिसमा उनले लगातार ८ वटा हिट फिल्महरू दिएका छन्, जसले सय करोडभन्दा बढीको व्यापार गरेको थियो ।

उनै शेट्टी यतिबेला फिल्म अवार्ड शोको बारेमा दिएको आफ्नो भनाईका कारण चर्चामा छन् । आफूलाई फिल्म अवार्ड शोप्रति कुनै विश्वास नभएको उनले बताएका थिए ।

अभिनेत्री नेहा धुपियाको टेलिभिजन शो ‘नो फिल्टर नेहा’मा उनले यस्तो बताएका हुन् ।

‘यदि आयोजकले मलाई पैसा दिन्छन् भने म अवार्ड कार्यक्रममा जान्छु । उनीहरू मलाई कार्यक्रम चलाउने भूमिका दिन्छन् वा अवार्ड दिन्छन् भने म कार्यक्रममा अवश्य जान्छु, नत्र जान्न । किनकी यो सबै ‘फेक’ हो । यो केवल एउटा टेलिभिजन कार्यक्रम हो ।’ उनका अनुसार व्यावसायिक कलाकारहरूलाई अवार्ड दिन सकिदैन ।

शेट्टीको विचारमा त्यसो गर्नु यो एकदमै कठिन काम हो । ‘हामी एउटा फिल्म बनाउनको लागि दिनमा १८ घण्टासम्म काम गर्छौं ।

व्यावसायिक फिल्म बनाउन एकदमै कठिन छ’, उनले भने, ‘एउटा एक्शन सीन लिनको लागि ४८ डिग्री तापक्रममा काम गर्नु एउटा साधारण सुटिंगभन्दा ज्यादै कठिन काम हो । तर अवार्ड कार्यक्रममा त्यसलाई ध्यान दिइदैँन ।’

त्यसपछि उनले आफूलाई अवार्ड दिने तय भए मात्रै कार्यक्रममा जाने बताए । ‘सिम्बा’ निर्देशक सेट्टीको बुझाईमा अवार्ड कार्यक्रम भनेको स्टार कलाकारहरूको लागि पैसा कमाउने अवसर हो ।

उनी अहिले नयाँ फिल्म सूर्यवंशीको तयारीमा छन् । उक्त फिल्ममा अक्षय कुमार र कैटरिना कैफको मुख्य भूमिका रहने बताइएको छ ।