गीतका शब्दमा भविश्य खोज्दै रोहित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गीतका शब्दमा भविश्य खोज्दै रोहित



कञ्चनपुरका रोहित बिष्ट गीत संगीतमा निकै रुची भएका व्यक्ति हुन्। उनले लेखेका मनकी रानी र ओई साइली बोलका गीत बजारमा आइसकेका छन्। जुन गीतले राम्रो चर्चासमेत बटुले। त्यही गीतको चर्चाले उनलाई लेखनमा सक्रिय हुन थप प्रेरित गर्‍यो।

उनी काठमाडौंमा बसेर अध्ययन गर्छन्। अध्ययनबाट बचेको समय गीतका शब्द कोर्नमा व्यतित गर्छन्।

कञ्जनपुर घर भएका रोहितमा सानैदेखि गीत सिर्जनामा रुची थियो। उनका बुवा-आमाले पनि रोहितको चाहनमा सपोर्ट गरिरहेका छन्। आमा जयमति र बुवा दमनबहादुरको सहयोगले नै आफ्नो सपना साकार गर्नतर्फ सक्रिय भएको रोहित बताउँछन्।

१९ वर्षकै उमेरमा उनले संगितका क्षेत्रमा गरिरहेको प्रगति लोभलाग्दो छ। सामान्य परीवारमा जन्मिएका रोहित आफूमा क्षेमता, प्रतिभा र केही गर्ने इच्छशक्ति भए कुनै कुराले नरोक्ने बताउँछन्। उनीद्वारा रचित सोराइ लाग्छे र सम्झना छ बोलका गीत बजारमा आउने तयारीमा छन्।

‘म गीत/संगीतका क्षेत्रमा नै सक्रिय रहने छु। यो मेरो रुचीको क्षेत्र हो। यसका अलावा मलाई सामाजिक क्षेत्रमा काम गर्न मन पर्छ। असहाय र असक्तको सेवा गर्न पाउँदा खुशी लाग्छ,’ उनी भन्छन्।

उनी सामाजिक सञ्जाल टिकटकमा समेत सक्रिय छन्। उनले टिकटकमा गर्ने अभिनयलाई धेरैले रुचाएका छन्। उनले आफ्नो पनि अभिनयमा रुची भएको र दर्शकको पनि साथ पाइरहेकाले टिकटक भिडियो बनाउन सक्रिय रहेको बताएका छन्। उनले मोडलिङ समेत आफ्नो रुचीको क्षेत्र रहेको बताए।