एउटै खेलमा राेहितलाई २ कीर्तिमानको अवसर - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

एउटै खेलमा राेहितलाई २ कीर्तिमानको अवसर



काठमाडौं- वेष्ट इन्डिज विरुद्धको दोस्रो टी-२० खेलमा भारतले आज खेल्दैछ । यो खेलमा भारतका रोहित शर्माका लागि दुई वटा कीर्तिमान बनाउने मौका रहेको छ ।

हिटम्यान रोहितले आज वेष्ट इन्डिज विरुद्धको खेलमा तीन वटा छक्का प्रहार गरेमा टी–२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी बन्नेछन । यसका साथै दुई छक्का प्रहार गरेमा सर्वाधिक छक्का हिर्काउने पहिलो भारतीय ओपनर बन्नेछन । उनले अहिलेसम्म दुई सय ९६ छक्का प्रहार गरेका छन ।

टी–२० मा सर्वाधिक छक्का हिर्काउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल रहेका छन । उनको कुल एक सय ५ छक्का रहेको छ । यस्तै न्युजिल्याण्डका मार्टिन गुप्टिलको एक सय तीन तथा रोहितको पनि एक सय तीन छक्का नै रहेको छ ।