धर्धरी रोए उत्तराखण्डका मन्त्री रावत - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

धर्धरी रोए उत्तराखण्डका मन्त्री रावत



उत्तराखण्डका मन्त्री हरक सिंह रावत रोएका छन्। उनी भाजपाबाट निष्कासित भएपछि रोएका हुन् ।

पार्टीबाट निष्कासन भएपछि हरक सिंह रावत एक अन्तर्वार्ताका क्रममा रोएको देख्न सकिन्छ। उनले भने, ‘यति ठूलो निर्णय लिनुअघि भाजपाले मसँग एकपटक पनि कुरा गरेन। मलाई मन्त्री बन्ने खासै चासो छैन, काम गर्ने रहर छ। म यति लामो समय सम्म निसास्सनामा बाँचिरहेको थिएँ। अब म उत्तराखण्डका जनताका लागि खुलेर काम गर्नेछु।’

उनलाई गएराति मुख्यमन्त्री पुष्करसिंह धामीले मन्त्रिपरिषद्बाट बर्खास्त गरेका हुन्। भाजपाले आफ्नो पार्टी सदस्य ६ वर्षका लागि बर्खास्त गरेको छ। अब उनी कांग्रेसमा जान सक्ने अनुमान गरिएको छ।

केही दिनअघि मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएका हुन्। केही दिनअघि मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएपछि राजिनामा दिएका वरिष्ठ मन्त्री हरकसिंह रावतलाई आइतबार पार्टीले बाहिरको बाटो देखाएको थियो। उत्तराखण्डको मुख्यमन्त्रीको कार्यालयले राति एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पुष्कर सिंह धामीले आफूलाई मन्त्रिपरिषद्बाट बर्खास्त गरेको र त्यसको जानकारी राज्यपाललाई पनि पठाएको बताएको छ। योसँगै रावतलाई ६ वर्षका लागि भाजपाको प्राथमिक सदस्यताबाट पनि बर्खास्त गरिएको छ।

हरकसिंह रावतले यसअघि पनि आफ्नो क्षेत्रमा सुविधाको माग गर्दै राजीनामा दिएका थिए। तर, त्यसबेला भाजपा उच्च कमाण्डको हस्तक्षेपका कारण उनी राजी भएका थिए। यसपछि पनि उनी र मुख्यमन्त्री धामीबीचको झगडा नघटेको चर्चा चलिरहेको थियो।