उपसभापतिको गणना रोचक: धनराज र चन्द्रको अवस्था बलियो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

उपसभापतिको गणना रोचक: धनराज र चन्द्रको अवस्था बलियो



काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।

अहिलेसम्म १३०० मत गणना हुँदा धनराज गुरुङले ५५३ मत ल्याएका छन् भने पूर्णबहादुर खड्काले ५०२ मत मत ल्याएका छन्। ।

गुरुङ र खड्काबीच टक्कर चलिरहेको छ। कहिले गुरुङ, कहिले खड्काले अग्रता लिइरहेका छन्।

यता, चन्द्र भण्डारी र विजयकुमार गच्छदारको पनि प्रतिस्पर्धा चलिरहेको छ। भण्डारीले ४७२ र गच्छदारले ४४५ मत ल्याएका छन्।

गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।

कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।

उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्।