रोचक बैठक : मेयरलाई सोधिएको प्रश्नको उत्तर उपमेयरले दिएपछि... - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

रोचक बैठक : मेयरलाई सोधिएको प्रश्नको उत्तर उपमेयरले दिएपछि…



काठमाडौं– काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक रोचक बनेको छ । प्रत्यक्ष प्रशारण गरिएको उक्त बैठकमा चर्काचर्की समेत भएको थियो ।

बैठक चलिरहेकै बेला नवनियुक्त मेयर बालेन शाहलाई सोधिएको प्रश्नमा उपमेयर सुनिता डंगोलले जवाफ दिएपछि जनप्रतिनिधिहरूले अचम्म मानेका थिए ।

मेयर शाहलाइ वडा २९ का वडाध्यक्ष कुस ढकालले म नभनेर हामी भन्दै टिममा काम गर्न सुझाएका थिए। उनले भनेका थिए, ‘म नभनौं हामी भनौं । म भनेर लोकप्रिय नबनौं। महानगर बनाउन साथ दिन तयार छौं।’

त्यसको उत्तर दिँदै उपमेयर डंगोलले भनिन्, ‘व्यक्ति सफल हुन आएका होइन, संस्था सफल पार्न आएका हौं। काठमाडौं महानगरपालिका सफल भयो भने हामी सवै सफल हुन्छ।’

उनले सहमति, सहयोग र सहअस्तित्वका भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन्। उनले पहिलो बैठक सफल भएको बताउँदै आगामी दिनमा अझै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताइन्। बैठकको अजेन्डा पहिल्यै तय गरेर निष्कर्षमा पुग्न सहज बनाउने उनको भनाइ छ।