ब्रेकिङ्ग : बिजुलीको माग गर्दै पुर्व पश्चिम् राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ब्रेकिङ्ग : बिजुलीको माग गर्दै पुर्व पश्चिम् राजमार्ग अवरुद्ध



विशाल पाण्डेय / घोडाघोडी ।
रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै स्थानीयहरुले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा बुधबार तालबन्दी गरेका छन् । घोडाघोडी नगरपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दाले पुर्व पश्चिम् राजमार्ग समेत बन्द गरेका छन् ।

विद्युुतिकरणका लागि घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले वि.स. २०६८ / २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाँउपालिकाको वडा नं ८ बाट प्रति घरधुरी रु १ हजार ५ सय देखी ३ हजारसम्म रकम संकलन गरेपनि अहिलेसम्म बत्ति नबाले पछि घोडाघोडी नगरपालिका वडा नं ४ र ५ का स्थानीयले पुर्व पश्चिम् राजमार्गमा चल्ने लामो तथा छोटो दुरिको यातायात बन्द गरेका हुन ।

घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले जनमुखी कन्ट्रक्सन कम्पनी प्रा.ली. संग १८ महिनामा विद्युत बाल्ने भनी ठेक्का सम्झौता गरेपनि काम सम्पन्न नहुदा नागरिक अगुवा तथा स्थानीय जनप्रतिनिधि मिलि पटकपटक ध्यानाकर्षण गराउदा पनि सहकारीले झुठो आश्वासन मात्र दिएको भन्दै सहकारीमा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।