रियल जोडी कि फिल्मी जोडी ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

रियल जोडी कि फिल्मी जोडी ?



साउन ११ गतेबाट रिलिज हुने चि मुसी ची सिनेमामा सुनिल क्षेत्री र एलिसा शर्माले काम गरेका छन् । सिनेमामा यो जोडीलाई निर्देशक दिनेश श्रेष्ठले थ्रिलर भूमिका दिएका छन् । भारतमा राम्रै चर्चा कमाएका यी दुइले नेपाली सिनेमामा पाइला राखेका छन् ।सुनिल र एलिसाले पाइला राख्दै गर्दा यी दुइ प्रेममा रहेको हल्ला सुरु भएको छ । सिनेमा हेर्नदेखि विभिन्न ठाउँमा यी दुइलाई देख्न सकिन्छ ।

सुनिलले बनाउने भिडियोमा पनि एलिसाको हालिमुहाली छ । यसैले पनि सुनिल र एलिसा प्रेममा रहेको चर्चा सिने वृत्तमा चल्न थालेको छ ।सुनिल र एलिसाको निकटताले यो कुराको पुष्टी पनि गर्छ । सिनेमाको प्रचार सामान्य तरिकाले मात्र अगाडि बढेको छ । सुनिल र एलिसा भने आफ्नै दुनियाँमा रमाइरहेका छन् ।