पार्किङ खाली गराउन हिँडेको महानगरको टोली रित्तै फर्कियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पार्किङ खाली गराउन हिँडेको महानगरको टोली रित्तै फर्कियो



काठमाडौं- एग्रेसिभ बनेर पार्किङ खाली गराउन हिँडेको काठमाडौं महानगरपालिकाको टोली रित्तै फर्किएको छ ।

काठमाडौं महानगरपालिका १ स्थित नारायणचौरको सेन्ट्रल प्लाजाको अन्डरग्राउन्ड खाली गराउन पुगेको काठमाडौं महानगरपालिकाको टोली बिना कारबाही रित्तै फिर्ता भएको हो।

सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दाबीसहित नक्सा देखाएपछि महानगरपालिका फर्किएको हो।

नक्सा अनुसार अन्डरग्राउन्ड प्रयोग भएको वा नभएको हेर्न पुगेको वडा कार्यालयका प्रतिनिधि र नगर प्रहरीको टोलीले सेन्ट्रल प्लाजा सञ्चालकसँग नक्शा माग गरेको थियो।

महानगरले भने आफूसँग भएको नक्शा र सञ्चालकले देखाएको नक्शा भिडाएर हेरेपछि निर्णयमा पुग्ने नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।