विष्णु रिमाल थप शक्तिशाली, शंकर पोखरेललाई काठमाडौँ तान्ने चर्चा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विष्णु रिमाल थप शक्तिशाली, शंकर पोखरेललाई काठमाडौँ तान्ने चर्चा



काठमाडौं- प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ल्याउने चर्चा थियो।

मन्त्रिपरिषद् समेत फेरवदल हुँदा परराष्ट्रमन्त्रीबाट प्रदीप ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सोचमा प्रधानमन्त्री थिए।

विष्णु रिमाललाई हटाएर ज्ञवालीलाई ल्याउनेमात्र चर्चा थिएन, उस्तै परे शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा गराई काठमाडौँ तान्ने चर्चा पनि थियो।

तर, परिस्थिति एकहप्तामा फेरिएको खबर आजको साँघु साप्ताहिले छापेको छ।

रिमाल सल्लाहकारमा कायमै रहेका छन्। शंकर पोखरेल र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले रिमालको पद पुनःस्थापनाको लागि माहोल बनाउने काम गर्यो

रिमाल मात्र होइन, निरन्तर विवादमा आउने अस्कर अली र राजन भट्टराईको निरन्तरता पनि निकै रहस्यमय रहेको स्रोत बताउँछन्।

विष्णु रिमालको टीममा रहेका अलीलाई समेत निरन्तरता दिलाउन सफल रिमाल आफ्नो पुरानो टीम कायम राखेर थप शक्तिशाली भएको बालुवाटर स्रोत बताउछ।

प्रेस सल्लाहकार कुन्दन अर्याल, अच्युत मैनाली र केही निरीह कर्मचारीमात्रै बर्खास्तीमा परेका छन्।