अघिल्लो सरकारका त्रुटी सच्याउन म प्रधानमन्त्री बनेको हुँ- ऋषि सुनाक - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

अघिल्लो सरकारका त्रुटी सच्याउन म प्रधानमन्त्री बनेको हुँ- ऋषि सुनाक



लण्डन- बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजा चार्ल्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि उनबाट सरकार गठनको आह्वान पश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले त्यसका निम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन् ।

‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ,’ प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने । प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत थिएन यद्यपि त्यसमा गल्ती भएका उनको विश्लेषण थियो ।

आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलरको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै अघिल्लो सरकारका त्रुटी सच्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको तर्क गरे ।

आर्थिक स्थायित्व नै आफ्नो सरकारको पहिलो प्राथमिकता भएको उनले दोहोर्‍याए । सिन्ह्वा