सांसद रेशमलाल चौधरी अस्पताल भर्ना - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

सांसद रेशमलाल चौधरी अस्पताल भर्ना



काठमाण्डौ –

प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सासंद रेशमलाल चौधरी अस्पताल भर्ना भएका छन् । सासंद चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिए पछि काठमाण्डौको वीर अस्पताल भर्ना गरिएको हो ।

टीकापुर हत्याकाण्डमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई जेल जीवन काटिरहेका सांसद चौधरीले
केहि दिनदेखी निरन्तर उपचार र चेकजाच गराईरहेका थिए । बिहीबार स्वाश फेर्न र हिँड्न कठिनाई भएपछि अस्पताल भर्ना गरिएको उनका आफन्तले बताएका छन् ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनी १५ महिनादेखि काठमाण्डौको डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका थिए । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।