रेशम चौधरीलाई तत्काल रिहा नगरे सरकारको भण्डाफोर गर्ने - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

रेशम चौधरीलाई तत्काल रिहा नगरे सरकारको भण्डाफोर गर्ने



काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सांसद रेशम चौधरीलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष बरामले राष्ट्रिय जनता पार्टी नेपालका कैलाली–१ का प्रतिनिधि सभाका सदस्य चौधरीलाई बिना सर्त रिहा गर्न सरकारलाई चेतावनी दिएका हुन्।

काठमाडौंमा शुक्रबार र शनिबार सम्पन्न प्रथम नेपाली आदिबासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्दै बरामले कैद भुक्तान गरिरहेका चौधरीलाई रिहा नगरे सरकारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

‘सांसद रेशम चौधरीलाई तत्काल रिहा गरियोस्, नभए सशक्त आन्दोलन सुरु गर्ने छौं,’ उनले भने, ‘चौधरीमाथि भएको षडयन्त्रको भण्डाफोर सडकबाट गर्नुपर्ने अवस्था नआओस्।’

सम्मेलनले संविधान संशोधन गरी आदिबासी जनजातिहरुलाई राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन सरकारलाई दवाव दिने निर्णय गरेको छ।

अध्यक्ष बरामले गोर्खा सैनिकमा भर्ती भएका नेपालीका सन्तानहरुलाई वंशजका आधारमा नागरिकता दिन सरकारसँग माग गरेका छन्।