खारेज भयो रेशमलाल चौधरीको उम्मेदवारी - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

खारेज भयो रेशमलाल चौधरीको उम्मेदवारी



टीकापुर घट्नामा दोषी ठहर भएर सजाय भोगीरहेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।

चौधरीले प्रतिनिधिसभा सदस्यका लागि बर्दिया–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नरेन्द्र लम्सालका अनुसार अदालतबाट दोषी ठहर भएकाले चौधरीको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ मा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने प्रावधान छ।

चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए। यही पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भएको छ।

मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले थारुविरुद्ध दिएको उजुरी जाँचबुझ गर्दा उनी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाे हाे। टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ।