जेलबाट रेशमले भने– बैरीकाे बन्धनभित्र आफ्नैकाे घेराे कति खतरनाक ? - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

जेलबाट रेशमले भने– बैरीकाे बन्धनभित्र आफ्नैकाे घेराे कति खतरनाक ?



७ भदाै २०७२ मा कैलालीकाे टीकापुरमा थरुहट आन्दाेलनका क्रममा हिंसा भड्किँदा एक नाबालकसहित आठ प्रहरीकाे हत्या भएकाे घटनाका मुख्य याेजनाकारकाे अभियाेगमा हाल जेल जीवन बिताइरहेका रेशम चाैधरीले जनता जागेका बेला शाशक नहारेकाे इतिहास नरहेकाे टिप्पणी गरेका छन् ।

क्षमा नभइ न्याय चाहिएकाे बताउँदै उनले आफूहरूले उठाएकाे मुद्दाकाे विजय निश्चित रहेकाे दाबी पनि गरेका छन् ।डिल्लीबजार जेलबाट कविता काेर्दै रेशमले दोषीलाई दण्ड दिनुपर्ने तर निर्दोषलाई थुन्न नपाइने बताएका छन् ।

सरकारले टीकापुर घटना राजनीतिक भएकाे जनाएर रेशमकाे रिहाइका लागि अध्यादेश जारी गर्ने तयारी गरेकाे छ । हाल याे अध्यायादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

रेशमले सरकारबाट आफ्नाे रिहाइकाे पहल भइरहँदा आफ्नैहरूले फेरि घेराबन्दी गर्न थालेकाे संकेत पनि दिएका छन् । उनले कवितामा लेखेका छन्– बैरीकाे बन्धनभित्र आफ्नैकाे घेराे कति खतरनाक ?

यस्ताे छ उनकाे कविता:

बैरीको बन्धनभित्र आफ्नैको घेरो कति खतरनाक ?

जेलभित्रको पनि जेलमा बसेर

मैले निर्णय गरेको छु

आफ्नो मुद्दा आफैँ लड्ने

समस्यासँग आफै भिड्ने

निर्दोषिताको संघर्षमा ७ साल बित्यो

अझै धेरै संघर्ष बाँकी छ

वार्ता होला, पौंठेजोरी होला

शान्तिपूर्ण जनमतको वार्ता

विजय सुनिश्चित छ

जनता भिडेका बेला

शासक नहारेको इतिहास कहाँ छ र ?

जो जो चोर छन्, ठूलै स्वर छ उनको

समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको

अशान्ति बनाइराखे उनैले राज गर्छन्

उनैले जनता मार्छन्, उनै महाराज बन्छन्

श्रीमान् ! न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन ।