टीकापुर क्षेत्रका स्थानीय तहहरूमा रेशम चौधरीको दबदबा - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

टीकापुर क्षेत्रका स्थानीय तहहरूमा रेशम चौधरीको दबदबा



कैलालीको टीकापुर क्षेत्रका स्थानीय तहमा रेशम चौधरीको पार्टीले अग्रता फराकिलो बनाउँदै लगेको छ।

टीकापुर नगरपालिका नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले एक हजार ६२५ मत पाएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावलले ९१० मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार श्याम खत्रीले ७५९ मत पाएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए।

यस्तै उपमेयरमा उन्मुक्ति पाटीकी उल्कादेवी विश्वकर्माले एक हजार २८९, माओवादीका खडकबहादुर शाहले एक हजार ११३ मत र एमालेकी उपमादेवी केसीले ६०९ मत पाएकी छन्।

टीकापुर नगरपालिका-५ मा उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार वलवीर थारु आफ्नो पूरै प्यानलसहित निर्वाचित भएका छन्।

त्यस्तै, जोशीपुर गाउँपालिकाको अध्यक्षमा उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ७६४ मत सहित अग्रस्थानमा छन्। उनलाई राप्रपाका उम्मेदवार भीमबहादुर बम पछ्याइरहेका छन्। बमले ६९९ मत प्राप्त गरेका छन् भने ४८४ मत प्राप्त गरी कांग्रेसका उम्मेदवार बन्सराम वडायक तेस्रो स्थानमा छन्।

भजनी नगरपालिकामा उन्मुक्तिका केवल चौधरीले ८१२ प्राप्त गरेका छन्। उनलाई एमालेका उम्मेदवार हर्कबहादुर बुढाले पछ्याइरहेका छन्। बुढाले ८०२ मत प्राप्त गरेका छन् भने माओवादीका शेरबहादुर चौधरीले ३९० प्राप्त गरेका छन्।