कैलाली घटनाका अभियुक्त रेशम चौधरीले भाषण गरेको भिडियो रेकर्ड ल्यापटप बाट सुनाउदै प्रचारप्रसार तीब्र पारे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलाली घटनाका अभियुक्त रेशम चौधरीले भाषण गरेको भिडियो रेकर्ड ल्यापटप बाट सुनाउदै प्रचारप्रसार तीब्र पारे



मंसिर १५, कैलाली ।।  कैलालीको क्षेत्र नम्बर १ मा सबै उम्मेदवारले समाजिक सद्भावलाई मुख्य ऐजेण्डा बनाएका छन। फरार सुचिमा रहेका कैलाली क्षेत्र नम्बर १ मा राजपावाट प्रतिनिधी सभा सदस्य उम्मेदवार रेशम चौधरीले  सामाजिक सद्भावका लागि मत मागिरहेका छन्। उनले भाषण गरेको भिडियो रेकर्ड ल्यापटपबाट ठाउँठाउँमा सुनाएर प्रचार प्रसार तीब्र पारेका छन्।

उनी २०७२ भदौमा कैलालीमामा एक नाबालक र एससपीसहित सात सुरक्षाकर्मी हत्याका फरार अभियुक्त हुन्।

कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने चुनावी मैदानमा छन्। बाम गठबन्धनबाट एमालेका गरिमा शाह भिड्दै छन। न्यौपाने र शाहबीच कडा प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा रेशम चौधरीले टक्कर दिने विश्लेषण गरिँदैछ।

‘मैले जितेमा समाजिक सद्भाव कायम गर्ने मेरो प्राथमिकतामा हुने छ’ नेपाली काग्रेसका उम्मेदवार न्यौपानेले बताइ्न्। यसका अलावा खानेपानी, सडक, खग्रौला नाकाको स्तरोन्नती लगायतका बिकासका मुद्दा उनले अघि सारेकी छन। यसैगरी एमालेका उम्मेदवार गरिमा शाहले भाईभाई मिलेर रहेको समाजमा पहिलेको जस्तै समाजिक सद्भाव कायम गर्ने अाफ्ने प्रमुख एजेण्डा भएको बताइ्न्। रेशम चौधरीले पनि आफूले मात्र समाजिक सद्भाव स्थापित गर्ने बताएका छन। ‘दुई वर्षदेखि बिग्रेको समाजिक सद्भाव मैले मात्र गराउन सक्छु’उनले भने। काँग्रेस र एमालेका उम्मेदवारले घरदैलो लगायतका प्रचार प्रसार तीव्र पारेका छन्। चौधरी फरार रहेकाले उनका समर्थक युवाहरु चुनाबी प्रचारमा छन्।

युवाहरुको समुहले टोल टोलमा पुगेर रेशमले भाषण गरेको अडियो, भिडियो सुनाउने गरेका छन्। थारु मतदाताको बाहुल्यता रहेको कैलाली क्षेत्र नम्बर १ मा उनले भिडियो र अडियोमार्फत भावनात्मक रुपमा थारु मतदाताको मन जित्ने प्रयास गरेका हुन्।
फरार सूचीमा रहेका रेशमको भिडियोबाट भइरहेछ प्रचार
युवाहरुको समुहले टोल टोलमा पुगेर रेशमले भाषण गरेको अडियो, भिडियो सुनाउने गरेका छन्। थारु मतदाताको बाहुल्यता रहेको कैलाली क्षेत्र नम्बर १ मा उनले भिडियो र अडियोमार्फत भावनात्मक रुपमा थारु मतदाताको मन जित्ने प्रयास गरेका हुन्। भिडियोमार्फत आफूले प्रचार गरेको र मतदाताको राम्रो समर्थन पाएको रेशम चौधरीले बताए।

‘तपाई थारु दाजुभाई बहिनीहरुको अधिकारका लागि लडेकोले नै मेरो सम्पत्ति जल्यो, घरपरिवार छोडेर लुकेर बस्नु परेको छ’, थारु भाषामा रहेको भिडियो र अडियोमा उनले भनेका छन्। थारुहरुका अधिकार लागि आफ्नो जीवन सुम्पेको उनले भनेका छन्। ‘हामी युवाहरुले रेशमको भाषण गरेको भिडियो ठाउँ ठाउँमा लगेर प्रचार गरिरहेका छौं’रेशमको प्रचार रहेका युवा काशीराम चौधरी भन्छन्। गत असारमा देउवा सरकारले हत्या आरोपी चौधरीलाई एक करोड ७४ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो।

थारु मतदाताको मन छुने भाषण भएकाले मतदातामा धेरै प्रभाव पार्ने गरेको उनको भनाई छ। बिभिन्न टोलमा मतदातालाई भेला गरेर ल्यापटपवाट रेशमले भाषणा गरेको भिडियो प्रस्तुत गर्ने गरेका छन । भावनात्मक रुपमा थारु समुदायका मतदाताको मत जित्ने प्रयत्न उनले गरेका छन्। थारुका लागि घर सम्पति, परिवार सबै गुमाएको र आफुले जितेमा मात्र थारुले अधिकार पाउने उनको अभिव्यक्ति छ।
स्थानीयसँग जोडिएका खानेपानी, नदी कटान नियन्त्रण, सडक, शिक्षा, श्वास्थ्य लगायतका बिकास गर्ने पनि उनले आश्वासन दिएका छन्।

स्थानीय कानुन व्यवसायीले फरार अभियुक्तले वारेसनामा राख्न नपाइने भएकाले उनको उम्मेदवारी गैरकानुनी हुने तर्क गरे पनि मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद आर्यालले कानुनी रुपमा रेशमले उम्मेदवारी दर्ता गर्न पाउने भन्दै उम्मेदवारी सदर गरेका थिए।
दुई वर्ष अघि टिकापुरमा एक बालक सहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रहेका रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधी सभा सदस्यमा वारेसनामाबाट उम्मेदवारी दर्ता गराएका हुन्।

स्थानीय कानुन व्यवसायीले फरार अभियुक्तले वारेसनामा राख्न नपाइने भएकाले उनको उम्मेदवारी गैरकानुनी हुने तर्क गरे पनि मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद आर्यालले कानुनी रुपमा रेशमले उम्मेदवारी दर्ता गर्न पाउने भन्दै उम्मेदवारी सदर गरेका थिए। २०७२ भदौ ७ गते टिकापुरमा भएको घटनामा संलग्न भएको भन्दै रेशम चौधरीबिरुद्ध कर्तव्य ज्यान मुद्धा, ज्यान मार्ने उद्योग र हातहतियार डकैटी सम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेका छन्। त्यही मुद्दामा २५ जना २ बर्षदेखि पुर्पक्षको लागी थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी दुई वर्षदेखि फरार छन्।

९३ हजार ६ सय ७२ मत रहेको यस क्षेत्रमा करिव ६० प्रतिशत थारु मतदाता रहेका छन्। गत संविधान सभाको चुनावमा पनि ३ ठुला दललाई उछिन्दै प्राध्यापन पेशा छोडेर मधेसी जनधिकार फोरमबाट उम्मेदवार बनेका जनक चौधरीले चुनाव जितेका थिए। नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा काँग्रेसका पूर्वसचेतक ईश्वरी न्यौपाने र बामगठबन्धनवाट एमालेका केन्द्रीय सदस्य गरिमा शाह चुनावी मैदानमा छन्।

थारु मतदाताको मत तान्न नेपाली काँग्रेसले प्रदेश शभा(क) मा पुर्व सासंद जनक चौधरीलाई उम्मेदवार बनाएको छ। प्रदेश सभा ख मा डा.रनबहादुर रावल उम्मेदवार रहेका छन्। बाम गठबन्धनका तर्फबाट प्रदेश सभा क मा लालवीर चौधरी र प्रदेश सभा ख मा माओवादी केन्द्रका नेप बहादुर चौधरी रहेका छन्। लालवीर चौधरी रेशमका बुवा हुन्। प्रदेश सभामा रहेका उम्मेदवारले थारु मतदाताको मत आफ्नो पार्टीका प्रतिनिधीसभाका सदस्यमा पक्षमा दिलाउन सक्छन कि सक्दैनन् नै भन्ने कुराले नै याहाँ कस्ले बाजी मार्ने भनेर निक्र्यौल हुने भएको छ।