रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार



काठमाडौं। कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै टीकापुर काण्डका मूख्य आरोपी रेशमलाल चौधरीले भाइमार्फत सर्वोच्च अदालतमा दिएको रिट दरपीट भएको छ ।

फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा उनी ठूलो मतान्तरले विजयी भएका हुन । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिन अस्वीकार गरेपछि चौधरी सर्वोच्चमा पुगेका थिए ।

सर्वोच्चका मुख्य रजिष्टार नहकुल सुवेदीले चौधरीको भाई मार्फत आएको रिट निवेदन अस्वीकार गरेका हुन । सर्वोच्चले भनेको छ, अदालत बन्दोबस्त ६५ (१) नं बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’

चौधरी आफैं उपस्थित भए  भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने अदालतले उल्लेख गरेको छ ।