रेशम चौधरी एकाएक बिरामी परे - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रेशम चौधरी एकाएक बिरामी परे



काठमाडौं -डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी एकाएक बिरामी परेका छन् । उनको छातीमा इन्फेक्सन भएको छ ।

राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ । रेशम चौधरीको अवस्थाबारे राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले कारागार विभागलाई जानकारी गराएकोमा विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ ।

यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।