भरतपुरमा जति भोट गन्यो त्यति रेनु नै अगाडी, निकै पछि परे विजय - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भरतपुरमा जति भोट गन्यो त्यति रेनु नै अगाडी, निकै पछि परे विजय



भरतपुर महानगरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ४७,५११ मतगणना हुँदा रेनु दाहालले १७,९७२ मतका साथ लिड गरिरहेकी छन् ।

उनलाई एमालेका विजय सुवेदीले १४,७९२ मतका साथ पछ्याइरहेका छन् । अहिले मतान्तर ३,३२५ रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,२२३ मत पाएका छन् ।

उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारीले २०,५२१ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ११,६७३ मतका साथ पछ्याइरहेकी छन् ।

११ नम्वर वडामा २,३०० मतगणना हुँदा एमालेका वडाध्यक्षका उम्मेदवार कमलबहादुर मल्लले १,०४९ मत पाएका छन् भने माओवादी केन्द्रका युवराज पौडेलले ७४० मत पाएका छन् ।

१० नम्वर वडामा ४,६०० मतगणना हुँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवार परमेश्वर खनालले १८९७ मत पाएका छन् भने एमालेका भक्तिप्रसाद गौतमले १६४७ मत पाएका छन् ।