रेनु दाहाल चढेको गाडी दुर्घटना, अस्पताल भर्ना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रेनु दाहाल चढेको गाडी दुर्घटना, अस्पताल भर्ना



भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएपछि अस्पताल भर्ना भएकी छन्।

शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएकाे हाे।

उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।

प्रहरी स्रोतका अनुसार उनी चढेको गाडी जावलाखेलकाे स्टाफ कलेज नजिकै बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।

उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो।