रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग



नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी पुत्री रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग गरेकाे छ ।

नेकपाले राजीनामा नदिए कार्वाहिकाे चेतावनी समेत दिएको छ ।

शुक्रबार जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार्फत् चेतावनी दिएका हुन् ।

पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छलीे, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेकोप्रति असन्तुस्ट जनाउदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।