रेणु दाहाल अब प्रचण्डको पनि कमाण्डर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रेणु दाहाल अब प्रचण्डको पनि कमाण्डर



काठमाडौं- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कमाण्ड आफ्नै छोरी रेणु दाहालले सम्हाल्ने भएकी छन् । पार्टीले निर्वाचन क्षेत्र चितवन- ३ मा रेनु दाहाललाई चुनावी कमान्डर तोकेको छ ।

माओवादी केन्द्र बागमती प्रदेशको आइतबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी रेनु प्रचण्ड पुत्री हुन् । उनैलाई चितवन- ३ को चुनावी कमान्डको जिम्मेवारी सुम्पने पार्टीको प्रदेश कमिटीले निर्णय गरेको हो । प्रचण्डले आफू चितवन- ३ बाट चुनाव लड्ने बताइसकेका छन् ।

त्यसै गरी चितवन १ मा कञ्चन खनाल र चितवन- २ मा घनश्याम दाहाल चुनावी कमान्डर तोकिएका छन् ।

त्यस्तै माओवादीले काठमाडौ- १ मा अनिल शर्मा, २ मा मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला र ५ मा कल्पना शर्मालाई चुनावी कमान्डर तोकिएका छन् ।

त्यस्तै काठमाडौंकै निर्वाचन क्षेत्र नम्बर ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाँल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विशंखे निर्वाचन कमान्डर तोकिएका छन् ।

त्यस्तै ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल तथा पद्मा राई चुनावी कमाण्डर तोकिएका छन् । भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा भक्तपुर २ मा दिलीप प्रजापतीलाई माओवादीले चुनावी कमान्डर तोकेको छ ।

त्यस्तै मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान चुनावी कमाण्डर तोकिँदा नुवाकोट १ मा हितबहादुर तामाङ र नुवाकोट २ मा विमला सुवेदीलाई चुनावी कमान्डरको जिम्मेवारी दिइएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाल, धादिङ शालिकराम जम्कट्टेल, दोलखामा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ ले चुनावी कमाण्डरको जिम्मेवारी पाएका छन् । सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझीले माओवादीको चुनावी कमान्ड सम्हाल्नेछन् ।